• सुमीको यादमा तड्पिएका रितेश (भिडियो हेर्नुहोस्)

    म्यूजिक खवर
    प्रकाशित: ८ माघ २०७५, मंगलवार

    काठमाडौं । मोडल सुमी मोक्तानको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ । उनलाई भिडियोमा रितेश गुरुङले साथ दिएका छन । भिडियोमा एक जोडीको बिछोडको पिडा देखिएको छ । सार्वजनिक गीतमा ज्ञान सुब्बाको स्वर, दिनेश सुब्बाको संगीत र प्रतिक चामलिंगको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज भने गोपाल रसाइलीले गरेका हुन् ।

    ज्ञान सुब्बा लामो समय देखि गीत संगीतमा सक्रिय रहदै आइरहेका छन । सोनाम पाख्रिनको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सब दाहालको छायाँकन ,सुसिल न्यौपानेको सम्पादन , सुरेन्द्र बसेलको कोरियोग्राफी र बिमला तामांगको मेकअफ समाबेस छ ।

     


    कलाकारिताको बारेमा धेरैपछि यसरी खुलिन् गायिका मिलन अमात्य

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु