• राष्ट्रिय भावका गीतहरुमा खड्काको एकल प्रस्तुति

    म्यूजिक खवर
    प्रकाशित: ३ श्रावण २०७६, शुक्रबार

    काठमाडौं । चलचित्र पाश्र्व गायन, आधुनिक गायनमा आफूलाई सदैव क्रियाशील गराउँदै आएका गायक सुमित खड्काले आगामी साउन ९ गते राष्ट्रिय भावहरुका गीतहरुको प्रत्यक्ष वाद्यवादनसहित एकल प्रस्तुति दिने भएका छन् । नेपाली गीतसंगीतको इतिहासमा सम्भवत पहिलोपटक राष्ट्रिय भावहरुका गीतमा मात्रै एकल सो अथवा एकल साँझ गर्दैछन् । याे भन्दा अघि २०५३ सालमा गाेपाल याेञ्जनकाे संगीतमा रहेका राष्ट्रिय भावका गीतहरुमा एकल साे भइसकेकाे छ ।

    केही समय पहिला मात्र आफ्नो गृहजिल्ला विराटनगरमा राष्ट्रिय भावका गीतहरुको एकल गायन गरिसकेका गायक खड्काले यही साउन ९ गते विहिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकल प्रस्तुति दिने भएका छन् । दर्जनभन्दा बढी वाद्यवादक समूहसहित गायक खड्काले डेढ दर्जन राष्ट्रिय भावले ओतप्रोत भएका गीतहरुसहित ‘सुमित खड्का देशको आवाज’मा प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उत्रिने भएका हुन् । कार्यक्रममा गायक खड्कालाई गायिका प्राश्ना शाक्यले साथ दिने भएकी छिन् ।

    शुभकामना मिडिया सोलुशनको आयोजना तथा म्यूजिक खबर र यूनिभर्सल पिस फाउन्डेसनको सहकार्यमा हुन लागिरहेको ‘सुमित खड्का देशको आवाज’ मा गृहजिल्ला विराटनगरदेखि वाद्यवादन समूह आउने छन् । मोरङ समाज काठमाडौं प्रबद्र्धकको भूमिकामा देखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु