• सुमित खड्का एकल साँझ ‘देशको आवाज–३’ को तयारी तिब्र

    म्यूजिक खबर
    प्रकाशित: २९ भाद्र २०७९, बुधबार

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामोसमय सक्रिय गायक सुमित खड्काको एकल प्रस्तुतिमा सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी भाद्र ३१ गते हुने कार्यक्रमको तयारीलाई तिब्र पारिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उपस्थित दर्शकलाई राष्ट्रिय भावनाले ओतप्रोत गीतहरुमार्फत उनले मनोरञ्जन दिलाउनेछन् । चलचित्र पाश्र्व गायन, आधुनिक गायनमा आफूलाई निरन्तर क्रियाशील रहँदै आएका गायक सुमित खड्काले १८ वटा राष्ट्रिय भावहरुका गीतहरुको प्रत्यक्ष वाद्यवादनसहित एकल प्रस्तुति दिने भएका छन् । कार्यक्रममा गायक खड्कालाई गायिका प्राश्ना शाक्यले साथ दिने भएकी छिन् ।

    उनले शुभकामना मिडिया सोलुसनको आयोजना तथा म्यूजिक खबरसँगको सहकार्यमा तीन वर्षअघि २०७९ साउन ९ गते राजधानीमै ‘सुमित खड्का देशको आवाज’ नामको एकल साँझ गरेका थिए । उक्त कार्यक्रमलाई नेपाली गीतसंगीतको इतिहासमा सम्भवत पहिलोपटक राष्ट्रिय भावहरुका गीतमा मात्रै एकल सो अथवा एकल साँझ भएको गायक खड्काले दाबी गरेका छन् । यो भन्दा अघि २०५३ सालमा गोपाल योञ्जनको संगीतमा रहेका राष्ट्रिय भावका गीतहरुमा एकल सो भइसकेको छ ।

    स्पार्क एडभरटाइजिङको आयोजना तथा मोरङ समाज काठमाडौंको प्रवर्धनमा हुने कार्यक्रमममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बिराटनगर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख भिम पराजुलीको अध्यक्षता हुने छ ।

    त्यस्तै गणतन्त्र नेपालको पहिलो राष्ट्रपती डा. रामवरण यादव प्रमुख अतिथी रहने छन् भने विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, नेपाल सरकारका बहालवाला र अवकाश पाएका उच्च अधिकारीहरुको कार्यक्रमा सहभागित रहने छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु