सुमितको एकल साँझ ‘देशको आवाज–३’ मा प्राश्नाको साथ, झुमे दर्शक

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७९, आईतवार

काठमाडौं । गायक तथा संगीतकार सुमित खड्काको एकल साँझ ‘देशको आवाज–३’ भव्यरुपमा सम्पन्न भएको छ । भाद्र ३१ गते शुक्रबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भएको एकल साँझ कार्यक्रमको ‘राष्ट्रका लागि संगीत’ भन्ने मूल नारा रहेको थियो । गायक खड्काले देशप्रेमको भावनाले ओतप्रोत भएका आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । उनले हामी पहिले नेपाली, राजनीति भनेको, म हुँ एउटा देश, हिमाल हेरेर, आयो गोर्खाली, वीरको छोरो नेपाली लगायतका आफ्ना १८ गीतहरु मार्फत दर्शक श्रोतालाई झुमाए । उनलाई लोकप्रिय गायिका प्राश्ना शाक्यले साथ दिएकी थिइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिम पराजुलीको अध्यक्षतामा एकल साँझका प्रमुख अतिथि भने गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपती डा.रामबरण यादब रहेका थिए । यादबले राष्ट्र पहिचान र संगीत संरक्षणको लागि यस्ता एकल साँझको आयोजना हुनपर्ने बताए । उनले भने– ‘दुःखका साथ भन्नुपर्छ मैंले अहिलेसम्म गीतको ग पनि गुनगुनाएको छैन । तर गीत संगीतप्रति मेरो प्रेम सदैब छ अझ यस्तो देश बोक्ने गीतहरुको प्रस्तुत भएको यस कार्यमा सरिक हुन पाउँदा खुशी लागेको छ । यस साँझले पक्का पनि संगीत र राष्ट्रलाई जोडेको छ । आगामी दिनमा पनि यी र यस्ता प्रयासहरु बढ्दै जाउन्, यसमा सदैब मेरो पूर्ण साथ रहनेछ ।’
पूर्वमन्त्री एवं सांसद देबेन्द्रराज कँडेल विशेष अतिथी रहेको कार्यक्रममा बरिष्ठ गीतकार एसपी कोइराला, दिनेश अधिकारी, चुणामणी देबकोटा, बरिष्ठ संगीतकार शक्तिबल्लभ, गीतकार अमर बान्तु, रमेश दाहाल, कलाकार एवं निर्देशक दिपाश्री निरौला, अभिनेता गजित विष्ट लगायतका सांगीतिक क्षेत्रमा बिद्वता हासिल गरेका थुप्रै संगीतकर्मीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ गीतकार एसपी कोइराला, दिनेश अधिकारी चुणामणी देबकोटा, बरिष्ठ संगीतकार शक्तिबल्लभ, गीतकार अमर बान्तु, रमेश दाहाल, कलाकार एवं निर्देशक दिपाश्री निरौला, अभिनेता गजित विष्ट लगायत सांगीतिक क्षेत्रमा बिद्वता हासिल गरेका थुप्रै संगीतकर्मीहरुको उपस्थिती रहेको थियो ।

स्पार्क एडभर्टाइजिङको आयोजना तथा मोरङ समाज काठमाडौंको प्रबर्धनमा भएको कार्यक्रमलाई रमपम चाउचाउले प्रमुख प्रायोजन गरेको थियो ।

कार्यक्रम सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु