राष्ट्रभावको गीतमा राज गरेका सुमितको नयाँ गीत ‘हामी नेपाली’

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

काठमाडौं । राष्ट्र भाव बोकेको गीतहरुमा एकछत्र राज गरेका सुप्रसिद्ध गायक सुमित खड्काको स्वरमा नयाँ गीत ‘हामी नेपाली’ सार्वजनिक भएको छ । काजीराज शाक्यको शब्द रहेको गीतमा संगीत काजीराज र हरिशरणले भरेका छन् । हरिशरणको नै एरेन्ज रहेको छ ।

आयुष घले मगरको निर्देशनमा बनेको भिडियोमा एआर. हंक, सनम तामाङ, दिपक भण्डारी, रबिना सिखाजो, नुरज ठकुरी, यशु धोजु, अनान राई र रितु मगरले अभिनय गरेका छन्। भिडियोको छायाँकन र सम्पादन पनि आयुष घलेले नै गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु