
काठमाडौं । गायक सुमित खड्का र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वरमा रहेको होली गीत ‘धनियाँ के होली’ सार्वजनिक भएको छ । सफल चलचित्र टिम छक्कापञ्जा टिमको होली विशेष गीतका रुपमा सार्वजनिक भएको यस गीतको सम्पूर्ण निर्माण छक्कापञ्जा टिमले गरेको हो ।
फागु पूर्णिमाको पूर्व सन्ध्या पारेर उक्त गीतको भिडियो शनिवार सार्वजनिक गरिएको हो । निरज श्रेष्ठको संगीत रहेको यो गीतका शब्दहरु दीपनारायण राजवंशीले रचना गरेका हुन् ।
\
धनियाँ के होली गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवी डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय छ।
दीपाश्रीकै निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईंको छायांकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ ।
भिडियो छक्का पञ्जा मिडियामार्फत उक्त भिडियो सार्वजनिक भएको हो ।