• सुमित्राको ‘भयो हाम्रो भेट’ सार्वजानिक

    म्यूजिक खबर
    प्रकाशित: १२ माघ २०७७, सोमबार

    काभ्रेपलाञ्चोक । लोकदोहोरी गीत बजारमा आउने क्रममा सुमित्रा सत्यालको निकै आशा लाग्दो माया पिरतिमा आधारीत लोक दोहोरी गीत ‘भयो हाम्रो भेट’ बजारमा आएको छ । मिलन फिल्मस् युटुब च्यानल बाट गीत सार्वजानिक भएको हो ।

    गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको आवाज रहेको गीतमा दिपेन्द्र श्रेष्ठको अभिनय रहेको छ । रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् । काठमाण्डौको बिभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले छायाँकन गरेका छन् । विपिन क्षेत्रीले छायाँकन गरेका भिडियोहरु चर्चामा नै रहेका छन् यस गीतले कतिको चर्चा पाउला त्यो त र्हर्न बाँकी छ ।

    भयो हाम्रो भेट बोलको गीतलाई रोशन धितालले सम्पादन गरेका छन भने गीतको भिडियोमा अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु