‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार
बनेपा : चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, राम अविरल थापालाई रङ् पत्रकारिता सम्मान तथा पुरस्कार शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी सम्मान तथा पुरस्कार, मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान अनि हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिएको थियो सो अवार्ड समारोहमा ।
शनिवार काभ्रको बनेपामा एक भव्य कार्यक्रमबीच अवार्ड समारोहमा प्रेमध्वजलाई ११ हजार १ सय ११ रुपैयाँ र सम्मान गरिएको  छ । त्यस्तै राम अविरल थापा र शिवराज भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान गरिएको थियो ।
अवार्डमा लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा भएको यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले गरेको थियो ।
अवार्डलाई सभ्य र भव्य बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिदै अवार्डका अध्यक्ष किरण अधिकारीले जुरीको निर्णयअनुसार उत्कृष्ट बाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरेको बताए । पहिलो दोस्रो क्षेत्रियस्तरमा भएको यो अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रिय स्तरमा हुन लागेको हो ।
अवार्ड चुम्न सफल हुनेहमा :-
राष्ट्रिय गीत
हाम्रो नेपाल राम्रो नेपाल
मेन्दोमाया तर्फ
गायक सागर एस वाईबा
गायिका लक्ष्मी स्याङ्तान
मोडल पुरुष राजकिङ वाईबा,
महिला एन्जिला वाईबा,
जुरि अवार्ड शिल्पा तामाङ,
ईन्करेजमेन्ट एरिन तामाङ र पब्लिक च्वाईस रोम लामा
पपतर्फ
गायक डेभिड शङ्कर,
गायिका केन्जुमा सुब्बा,
मोडेल पुरुष पुष्प खड्का,
मोडेल महिला आरुशी मगर,
शब्द राज सागर र सङ्गीत सन्तोष श्रेष्ठ
आधुनिकतर्फ
गायक शिब परियार,
गायिका सरु गौतम,
मोडेल पुरुष देबेन्द्र छेत्री,
मोडेल महिला मन्जिता केसी,
निर्देशक माधब खरेल,
छायाँकार जनकराज अधिकारी,
सम्पादक तुलसी बास्कोटा,
गीतकार डब्बु क्षत्री,
नवगायिका सारिका घिमिरे,
ईन्करेज्मेन्ट सिमान्त सन्तोश,
एसएमएस उशा सुवेदी,
पब्लिक च्वाईस निराजन प्रधान,
पब्किक च्वाईस महिला सगुन साही,
जुरी बिरेन्द्र भाट बिपिन र किरण नेपाली,
लाकदोहोरीतर्फ
गायक रामजी खाड,
गायिका सम्झना लामिछने,
नवगायक केबल श्रेष्ठ,
नवगायिका सीता बराल,
लय कस्तुप पन्थ,
शब्द रमेश बिजी,
मोडेल महिला नृत्य करिश्मा ढकाल,
महिला मोडेल अभिनय दीपाशा बिसी,
मोड्ल पुरुष नृत्य नारायण ढकाल,
पुरुष अभिनय धुर्ब हिमाली,
नवमोडल पुरुष प्रेम खड्का,
नवमोडेल महिला मालती घले,
निर्देशन काजिस श्रेष्ठ,
सम्पादन नवीन घर्ती,
छायाँकार दुर्गा पौडेल,
नवनिर्देशक मौसम हिमाली,
लोक गीत
प्रकाश सपूत चरचर बरबर,
जुरी मायाको ओखती,
जुरी मोडेल महेन्द्र गौतम र बिक्रम चौहान,
ईन्करेज्मेन्ट टीका भुजेल,
एसएमएस बुद्धबिर थापा,
पब्लिक च्वाईस टिका तारामी मगर,
सुन्दरादेबी पपुलर प्रतिभा अवार्ड निर्देशन बबिता श्रेष्ठ,
पपुलर अमृता लुङेली मगर र प्रकाश कटुवाल
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु