काठमाडौं । लोकपप गायक सुनिल गिरीले नेपहप गीत “शब्दहरु”को भिडियो सार्वजनिक गरेका छन् ।
नेपाली र्यापर अनिल अधिकारी यमबुद्धको सम्झनामा उनी स्वार्गारोहण भएको ४ वर्ष पुरा भएको दिनमा ‘शब्दहरु’ को भिडियो सार्वजनिक गरेका हुन् ।
सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता लोकलयमा आधारित दर्जनौँ गीतहरु नेपाली सांगीतिक क्षेत्रलाई दिएर चर्चा कमाएका गायक गिरीले पहिलो पटक यसरी र्याप गीतको भिडियो ल्याउनुको पछाडिको मुख्य कारण नै र्यापर यमबुद्धप्रतिको सम्मान भएको बताउँछन् ।
र्याप गीतमा देखिएको बढ्दो बिकृतिप्रतिको प्रहार र यमबृद्धको कामको तारिफ गर्दै यस गीतमा उनले खुलेर यमबुद्धप्रति सम्मानभाव प्रकट गरेका छन् । यमबुद्धको निधन १४ जनवरी २०१७ मा बेलायतमा भएको हो ।