सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मोडल तथा गीतकार लामिछाने मनोनित

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७८, शनिबार
Sunil Lamichhane

काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय कलाकार, गीतकार एवम् गोरखा चौतारी म्युजिक प्रा।लि।का प्रवन्ध निर्देशक सुनिल लामिछाने नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले लामिछानेलाई मिति २०७८ मंसिर १५ गतेको पदाधिकारीको बैठकले सदस्यमा मनोनित गरेको हो । मोडल तथा गीतकार लामिछानेसँगै संघमा गायक चन्द्र शर्मा, निर्देशक बाबुराजा केसी, गीतकार कस्तुप पन्त लगायतलाई पनि मनोनित गरिएको छ ।

गोरखा जिल्ला भिमसेन थापा गाऊपालिका वडा नम्बर २ मा जन्मिएका लामिछाने एक दशक भन्दा अगाडीदेखि निरन्तर गीतसंगीतमा क्रियाशील रहेका छन् । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा निर्बाचित भई गोरखा क्षेत्र नं १ को क्षेत्रीय सदस्यमा समेत निर्विरोध निर्वाचित भएका थिए ।

प्रखर राजनितिक युवा नेताको रुपमा पनि चिनिने लामिछाने गीतसंगीत संगै राजनीतिमा पनि सक्रिय हुदै आएका छन् । उनलाई नेपाल सास्कृतिक संघका सभापति तिर्थबहादुर थापाले मनोनित गरेका हुन् । यस अघि लामिछाने साँस्कृतिक समाज, गोरखा क्षेत्र न १ का संयोजक पनि थिए । गोरखाली कलाकारहरुको छाता संगठनको रुपमा चिनिने गोरखा सांस्कृतिक समाजका उपाध्यक्षको रुपमा काम गरिरहनु भएको छ ।

सभापति थापाले लामिछानेलाई नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल सास्कृतिक संघको बिधानको परिच्छेद– ७ दफा २० ९च० बमोजिम केन्दीय सदस्यमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु