• बुगि वुगि बिजेता कबिता नेपाली लभ रोमान्टिक गीतमा फिचर रगीतमा सुनिलको स्वर(भिडियो )

    म्यूजिक खबर
    प्रकाशित: २४ पुष २०७५, मंगलवार

    गायक सुनिल सिंह ठकुरिको नयाँ गीत धेरै टाढा। सार्वजनिक भएको छ ।
    घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा विशेष गरि सम्बन्धमा आई
    पर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार जीत चन्दको
    रहेको छ । गीतकार चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन , उनि पेसाले
    इन्जिनिएर हुन । बिदेसमा हुदां विभिन्न कारणबस तुरुन्त्त घर आउन समस्या
    पर्ने भएकोले सम्बन्धमा पर्ने आउने असर गीतमा महसुस गराउन खोजिएको छ ।
    कमल खत्रीको संगीत रहेको यस गीतमा स्वर सुनिल सिंह ठकुरिको रहेको छ ।
    डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको
    छ । यस अघि सुनिलको जानी नजानी बोलको गीत पनि नेपाली साङितिक आकसमा
    निकै चर्चामा आएको थियो ।

    बुगि वुगि बिजेता कबिता नेपाली लाई फिचर गरिएको गीतमा कबिता र निराजन
    प्रधान लाई फिचर गरिएको छ । नाच्न माहिर कबिता लाई लभर गर्ल फिचर गरिएको
    यस गीतले युटुबमा सार्वजनिक भको १२ घन्टामा ५६,००० भियोर्स र सकारात्मक
    प्रतिकृया पाएको छ । सफल भिडियो निर्देसक अर्जुन अधिकारिले निर्देशन
    गरेको यश भिडियो लाई उत्सब दाहालले खिचेका हुन । भिडियो लाई बिकास
    दाहालले सम्पादन गरेका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु