समय सान्दर्भिक चेतनामूलक गीत ‘जित्छौं महामारी’

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७७, शनिबार

काठमाडौं । कोरोना महामारीले विश्वलाई नै आक्रान्त बनाइरहेको सन्दर्भलाई जोडेर चेतनामूलक गीत ‘जित्छौं महामारी’ को भिडियो सार्वजनिक भएको छ । आनन्द कार्की र मिना कार्कीको स्वरमा रहेको गीतमा बिरामीहरुको सेवामा अहोरात्र खटिरहेका तमाम डाक्टर-नर्सहरूको पीडा र खुशीको पनि सम्मिश्रण पाइन्छ ।

रोगीहरूको हौसला बढाउने र निरोगीहरूमा समेत आत्मविश्वाश जगाउने शब्दहरु भएको यस गीतलाई सुनिता बस्नेत थापाले लेखेकी हुन् । राजकुमार बगरको संगीत, कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन सम्पादन तथा छायाङकन वीरेन्द्र भाट विपिनले गरेका हुन ।

भिडियोमा गायक आनन्द कार्की र गायिका मिना कार्कीलगायत वरिष्ठ चिकित्सक डा. भोला रिजाल, वरिष्ठ कलाकार कृष्ण मल्ल र शर्मिला मल्ल, सञ्चारकर्मी नरेश भट्टराई र सुगारिका केसी तथा डाक्टर, नर्सहरुलाई पनि देख्न सकिन्छ ।

नेपालको गोरखामा जन्मिएकी गीतकार सुनिता अमेरिका पेशागत रुपमा नर्सिङ क्षेत्रमा आवद्ध रहेकी छिन् । गत माघ महिनामा उनले २ कृतीहरु गीतिसङ्ग्रह “सुरबी” र कवितासंग्रह “विम्ब” सार्वजनिक गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु