• एकल नारीको कथामा सुनिताको ‘भाग्यभित्र जीवन’

    म्यूजिक खबर
    प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार

    काठमाडौं । चर्चित नृत्यांगना सुनिता बस्नेत निषेधाज्ञा खुकुलो भएयता नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छन् । उनको कोरियोग्राफी रहेको ‘भाग्यभित्र जीवन’ बोलको म्युजिक भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्यभित्र जीवन’ बोलको गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने बाबुल गिरीले संगीत भरेका छन् । समसामयिक अति मर्मस्पर्शी गीतले नेपाली एकल नारीको भाग्य कस्तो हुन्छ भन्ने कुरा चित्रित गरेको छ । ‘भाग्यभित्र जीवन’ को भिडियोमा पृथ्वी प्रसाई र अनु शाहले जीवन्त अभिनय गरेका छन् । कोरियोग्राफर सुनिता बस्नेत रहेको यस भिडियोमा कलाश्रृंगार रुपा मानन्धर रहेको छ । सुमन कार्कीको छायांकन रहेको यस भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु