• तीज गीत ‘बरेली बजारको’ मा नेत्रको शब्द, खेमको संगीत, अमृत र सुनिताको स्वर

    म्यूजिक खबर
    प्रकाशित: २ भाद्र २०८१, आईतवार

    काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

    सोही क्रममा अमेरिका बसोबास गर्दै आईरहेका गायक अमृत रामदामको नयाँ तीज गीत ‘बरेली बजारको’ सार्वजनिक भएको छ। यस गीतमा अमृत रामदाम र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत रहेको छ।

    बिनोद भण्डारीको निर्देशन रहेको गीतमा प्रशान्त मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बिमल अधिकारी, जुना सुन्दास, यादव देवकोटा (सरापे) र बिशालको अभिनय रहेको छ। यस गीतलाई अमृत रामदामको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु