
काठमाडौं । नेपालीहरुको महान चाड तिज पर्व नजिकिँदै आएपछि बजारमा तिज गीतहरु आउने क्रम बढ्दै गएको छ । तिजलाई पछ्याउँदै गीतकार वीरेन्द्र ढकालले पनि नयाँ गीत ‘मै मोटी’ बजारमा आएको छ । गायिका सुनिता बुढा क्षेत्री र गायिका अमृता नेपालीको स्वरमा रहेको मै मोटीको शब्द तथा संगीत वीरेन्द्र ढकालले सिर्जना गरेका छन् । गीतको संगीत संयोजन भने महेन्द्र भण्डारीले गरेका छन् ।
मै मोटी गीतको भिडियोलाई मदन खड्काले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । भावना लुरी, गंगा र सम्प्रियाको अभिनय रहेको गीतलाई राम केसीले छायाँकन गरेका छन् । भिडियोको सम्पादन भने विकास ज्ञवालीको रहेको छ ।