मोडलसँगै गायिका र गीतकारको ठुम्का

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७९, आईतवार

काठमाडौं । यस वर्षको तीजलाई मध्यनजर गर्दै यतिबेला तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । ती मध्ये तीजको मर्म र महत्व बोकेका गीत कमै आएका छन् । यस्तै लोकप्रिय गायिका सुनितामी परियार र तेजु सनमले पनि मौलिक तीज गीत ‘पिया राजै’ सार्वजनिक गरेका छन् ।
गीतमा सुनितामीको सुमधुर स्वर र संगीत सुन्न सकिन्छ । कृष्ण विक ‘भान्जा’ले एरेन्ज गरेको गीतलाई तेजु सनमले लेखेकी हुन् ।

गीतको अडियाले जति कानलाई आनन्द दिन्छ, त्यति नै भिडियोले पनि आँखालाई शिलतला दिने बनेको छ ।
मौसम हिमालीको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको भिडियोमा अञ्जली अधिकारि, सुनितामी परियार र तेजु सुनामको अभिनय तथा नृत्य रहेको छ । नवराज उप्रेतिले छांयाकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु