ठेट शब्द, मौलिक लय र सुमधुर स्वरमा ‘बाबरी लाइछौ’

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

चर्चित लोक गायिका सुनितामी परियारको तीज कोसेली ‘बाबरी लाइछौ’ गीत सार्वजनिक भएको छ । बाबरी लाइछौं तीज गीत सुन्दा गाउँपाखामा दाउरा घाँस जाँदा सबैको मुखमा झुन्डिने, सुनिने एकदमै मौलिकता बोकेको, नेपाली संस्कृतिक झल्काउने शब्दहरुले सजिएको छ ।
गीतमा रविन लामिछानेको शब्द रहेको छ भने विष्णुमाया परियारले संकलन गरेकी हुन् । सुदीप सागरले एरेन्ज, म्युजिक भिडियो सम्पादक नवीन निरौला, छायांकन नवराज उपे्रती, निर्देशक सुबोल थापा, कोरियोग्राफर निर्देशक गम्भीर विष्ट र अनिता ग्वाछाले गरेकी हुन् ।

अर्का ख्यातीप्राप्त गायक खुमन अधिकारीसँग सुनितामीको सुमधुर आवाजको गीत ‘बाबरी लाइछौं’ तीज गीतको म्युजिक भिडियोमा मोडल गम्भिर विष्ट र गायिका सुनितामी स्वयले अभिनय गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु