कुशल बेल्बासे र सुनितामी परियारले किन भने ‘अभागी त म हुँ’ ?

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७७, बिहीबार

काठमाण्डौ। कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा लोक दोहोरी गीत ‘अभागी त म हुँ’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको अभिनय रहेको छ।

डा . शिव सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको यस गीतको भिडियोका निर्देशक बिनोद भण्डारी हुन् । ‘शिब सुबेदी’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई समेटिएको छ ।

एकअर्काबिच माया हुँदाहुँदै पनि बाध्यताले छुट्टिन परेको कथालाई सेञ्चुरी र गुरुङले अभिनय मार्फत उतारेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु