सुनितामी र सागर आलेको ‘ढुंगाजस्तो मन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७७, शनिबार

काठमाडौं । लोकप्रिय गायिका सुनितामी परियार र गायक सागर आलेको स्वरमा रहेको नयाँ गीत ‘ढुंगा जस्तो मन’ सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रमेश बिजीको शब्द सिर्जना रहेको यस गीतलाई जीवन परियारले संगीत भरेका छन् । गीतको संगीत संयोजन भने सुदिप सागरले गरेका छन् ।

गीतको भिडियोमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूतसँगै सगुन साही र संगीता परियारको अभिनय रहेको छ । दुर्गा पौडेलको निर्देशन एवं छायाँकन रहेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् । भिडियोलाई सुनितामी परियारले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

गायिका सुनीतामि परियारका मेरो बुढाको के मिलेन के, झम झम लर्कौला साड़ी, इतिहासको पानामा नाम लेख्न पाँउ, छोडी मलाइ न जाउ है सानु , कँहाबाट जिन्दगीले ल्यायो यहाँसम्म, तिमो त्यो मन दुख्ला भनि चर्को बोलिनलगायतका गीतहरु बजारमा लोकप्रिय छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु