‘फूलबुट्टे सारी’ले राख्यो रेकर्ड ! १८ दिनमै करोड क्लबमा !

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७७, बुधबार

फूलबुट्टे सारी सपक्क पारी, पछ्यौरी मलमलको,
कौसीमा बसी तिमीले हेर्दा, मन मेरो हलचल भो ।

पछिल्लो समय टिकटकदेखि सामाजिक सञ्जाल तथा युट्युब जताततै यही गीतको चर्चा छ । आजभन्दा १२ वर्ष अगाडि राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको ‘फूलबुट्टे सारी’ बोलको गीत अहिले लोकप्रिय बनेको छ ।

गीत चर्चामा मात्र रहेन एउटा रेकर्ड नै बनाउन सफल भएको छ । यो गीतले महिला भर्सनमा युट्युवमा सबैभन्दा चाँडो करोडमा १८ दिनमा पुग्ने गीतको बराबरी गरेको छ । यो भन्दा पहिले प्रकाश सपुतको ‘गलबन्दी’ पनि १८ दिनमै करोड क्लबमा पुग्न सफल भएको थियो ।

१२ वर्ष अगाडि मार्मिक लामाको स्वर रहेको यस गीतलाई अहिले फिमेल भर्सनमा गायिका मिलन नेवारले गाएकी छिन् । यो गीतमा टिकटक नबनाउने कमै होलान्। त्यसमा फिमेल भर्सनको गीत बढी चर्चामा छ। युट्युबमा मेल र फिमेल दुवै भर्सनमा अलग–अलग गीत अपलोड गरिएको छ। ५ डिसेम्बरमा अपलोड गरिएको गायिका मिलन नेवारमा स्वरमा रहेको फिमेल भर्सनलाई १ करोड ७२ हजार भन्दा बढी भ्यूज मिलेको छ।

त्यस्तै, १४ नोभेम्बरमा गायक मार्मिक लामाको स्वरमा गीतको भिडिओ सार्वजनिक भयो। जुन गीतलाइ यो सामाग्री तयार पारिरहँदा ८९ लाख ८६ हजार भन्दा बढी पटक हेरिएको छ।

यसो त करोड क्लब र सर्वाधिक भ्यूजको रेकर्ड समेत राजनराजले कायम गर्न सफल भएका छन् । राजनराज शिवाकोटीकै शब्द र संगीत रहेको गीत ‘सुर्के थैली खै’ले नेपालको पहिलो करोड क्लबमा पुग्ने गीतको इतिहास कायम गरेको थियो । राजनकै अर्को गीत ‘कुटुमा कुटु’ले १४ करोड माथी भ्यूज पाएर नेपालको सबैभन्दा बढी हेरिएको गीत हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु