• चर्चित गीत ‘धुरु धुरु’ को चाइल्ड भर्जनमा सुप्रिम मल्लको स्वर

    म्यूजिक खबर
    प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

    काठमाडौं । पछिल्लो समय लोकप्रिय भएका वा चर्चा कमाउन सफल गीतको विभिन्न भर्सन बनाउने प्रचलन बढ्दै गएको छ । यही क्रममा केही समय अघी चर्चा कमाउन सफल ‘धुरु धुरु’ गीतको पनि चाईल्ड भर्सन बनाएर सार्वजनिक गरिएको छ । चाइल्ड भर्सनको गीतमा चर्चित बालगायक सुप्रिम मल्लको स्वर रहेको छ ।

    गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को शब्द रहेको छ भने डि.आर सुजनको संगीत रहेको छ ।

    गीतको भिडियो गीतकार स्वयं बोधश्रीले नै निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई बिबेक सुनारले सम्पादन गरेका हुन् ।
    उक्त गीतको भिडियोमा सुप्रिम मल्ल ठकुरी, बिदान मैनाली, सागर, गीतकार बोधश्री आदीको अभिनय रहेको छ । गीतको भिडियोलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु