‘पाकेको फल’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौं । नेपाली सांगीतिक क्षत्रमा एउटा छुट्टै विशेषता बोकेको सत्याकृत ब्याण्डले यही श्री कृष्ण जन्माष्टमीको शुभ दिन पारेर “पाकेको फल” बोलको नया गीत विभिन्न टेलिभिजन, एफ एम तथा युट्युब च्यानलहरु मार्फत सार्वजनिक भएको छ । प्रकृति, शान्ति, सत्य, ईश्वर, प्रेम तथा देश प्रेम भावले भरिएका गीतहरु पस्कदै समग्र समाजलाईनै सकारात्मक उर्जाले भरिपूर्ण गीत सङ्गित सृजना गर्दै आईरहेका ब्याण्डले श्री कृष्ण जन्माष्टमीको दिन पारेर अर्को कोशेली नेपाली दर्शक श्रोता माझ ल्याएको हुन् ।

उक्त गीतमा श्वर तथा सङ्गित सुर साधुको रहेको छ । उक्त गीतको म्युजिक भिडियो छायाङ्कन हरी हुमागाइँको रहेको छ भने शब्द, सम्पादन तथा निर्देशन विजय गौतमको रहेको छ । उक्त गीतको मिक्सिङ तथा मास्टरिङ बलिउडका चर्चित साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु