आवाजका बादशाह संचारकर्मी सुरज श्रेष्ठको निधन

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७६, शुक्रबार

काठमाडौं । आवाजका दुनियाका बादशाह रेडियोकर्मी सुरज श्रेष्ठको असामयिक निधन भएको छ । उहाँको उपचारका क्रममा ऊँ हस्पिटलमा गएराति २ः१५ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

आवाजका बादशाह जादूमय स्वरका धनी सुरज श्रेष्ठ विगत केही वर्षदेखि अस्वस्थ भएर उपचारको क्रममा नै रहनु भएको थियो । एक स्वाभिमानी म्यूजिक भिडियो निर्देशक, सम्पादक समेत रहनुभएका श्रेष्ठको आवाजमा नेपालका टेलिभिजन, रेडियोमा बज्ने प्रोमोहरुमा उहाँको आवाज हुने गथ्र्यो । इमेज एफएममा लोमा समय क्रियशील रहनुभएका श्रेष्ठ रेडियो कर्ममा लाग्नेहरुका लागि प्रेरणाको स्रोत बनेर रहनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु