गीतकार सुरेन्द्र खड्काको शब्दमा सुमितले गाए ‘संसारकै राम्रो देश’

म्यूजिक खबर
प्रकाशित: २६ आश्विन २०८२, आईतवार २१:५४

काठमाडौं । गीतकार सुरेन्द्र खड्काको शब्द सिर्जनामा रहेको राष्ट्रिय भावको गीत ‘संसारकै राम्रो देश’ सार्वजनिक भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत ‘संसारकै राम्रो देश’ मा शक्ति बल्लभको संगीत निर्देशन रहेको छ । गीतको संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् । ‘संसारकै राम्रो देश’ गीतमा स्वर भने राष्ट्रिय गायकको परिचय बनाएका गायक सुमित खड्काले दिएका छन् । गीतको रेकर्डिङ तथा मिक्सिङको काम भोला पौडेलले गरेका छन् । गीतको भिडियोलाई देवराज आचार्यले छायाँकन गरेका छन् भने विश्वराम खड्काले सम्पादन गरेका छन् । शंकर खरेलको निर्देशन रहको यस गीतको भिडियोलाई म्यूजिक खबर अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
‘संसारकै राम्रो देश’ गीतमा राष्ट्रियता र स्वाभिमानको कुरा गरिएको छ । जो जहाँ रहे पनि आफ्नै देश राम्रो रहेको सन्देश दिन खोजिएको छ । गीतकार सुरेन्द्र खड्काको यसभन्दा अघि पनि दर्जनौं गीतहरु बजारमा आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु