![](https://musickhabar.com/wp-content/uploads/6248e94f-5e2a-4971-81f8-3f7ab2e273eb-1-300x150.jpg)
काठमाडौं । नेपाली सुगम सङ्गीतका धरोहर बिशिष्ट संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनलाई ललितपुरका नख्खु स्थित मेडिसिटी अस्पतालमा आज बिहान भर्ना गरिएको थियो । संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले उनलाई अस्पताल भर्ना गरेको जानकारी दिएका हुन् ।
उनी अस्वस्थ भएको खबर बाहिरिएसँगै धेरै संगीतकर्मी र शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अस्पताल नै गएर भेट गरी स्वास्थ्यलाभको कामना गर्ने पनि उतिकै छन् । उपचारका क्रममा रहेका अधिकारीको स्थास्थ्य अहिले सामान्य बनेको अधिकारीलाई बताइएको छ ।
संगीतकार अधिकारी संगीत तथा रोयल्टी संकलन समाजका अध्यक्ष समेत हुन् । अधिकारीलाई शिघ्र स्वास्थ्य लाभको कामना ।
(तस्बिर : गायक स्वरुपराज आचार्यको फेसबुकबाट)