
काठमाडौं । गायक सुरेश लामा र गायिका सुष्मा थापाको स्वर रहेको गीत ‘तिमीसँग’मा चर्चित अभिनेता यशराज गराज र अभिनेत्री तेजुला खतिवडाको अभिनय रहेको छ । ‘तिमीसँग’ गीतमा विष्णु भण्डारीको शब्द रहेको छ भने सरोज पोखरेलको संगीत रहेको ।
रोमान्टिक शैलीको आधुनिक गीत ‘तिमीसँग’ को भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । भिडियोको छायाँकन उत्सव दाहालले गरेका छन् विकास दाहालको सम्पादन रहेको छ । ‘तिमीसँग’ गीतको अडियो भिडियोलाई सुदिप अधिकारीले निर्माण गरेका हुन् ।