‘शिरै लाउने शिरफूल’ भन्दै आइन सोनिका र सुरुची (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७६, बुधबार

काठमाडौं । सोनिका केसी र सुरुची पन्थीको ‘शिरै लाउने शिरफूल’ बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा सुदिप सागरको एरेंज रहेको छ । उक्त गीतको भिडियोलाई देबराज आचार्यले निर्देशन गरेका हुन भने उक्त भिडियोमा एलिना पटेल र प्रंशसा परीको अभिनय रहेको छ । भिडियोमा एलिना पटेल र प्रंशसा परीलाई निकै राम्रो नृत्य गर्दे देख्न सकिन्छ ।

उक्त भिडियोलाई देबराज आचार्यले छायांकन गरेका हुन् भने भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका हुन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई म्यूजिक नेपालको युटयुबच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु