• सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको जापानमा नोमिनेशन अमेरिकामा अवार्ड, जान पाउने को–को ?

    म्यूजिक खबर
    प्रकाशित: ६ फाल्गुन २०७९, शनिबार

    काठमाडौँ। सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ ।

    कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन नसकेको अवार्डको नोमिनेशन कार्यक्रम जापानमा गर्ने बताइएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सुर्य कर्पोरेशनका सिईओ बासुदेव लामिछने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकारलागयतले अवार्डको बारेमा अनुभव सेयर गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

    आयोजक सस्थाका अध्यक्ष बासुदेव लामिछनेले नेपाली फिल्मलाई डायस्पोरामा प्रवर्द्वन गर्नेले उदेश्यले निरन्तर अवार्डसहित अन्य कार्यक्रमहरु गर्दै आएको बातए । झन्डै ६ दर्जन कलाकारहरुसहित जापनमा नोमिनेशन कार्यक्रमको तयारी शुरु हुने पनि लामिछनेले बताए ।

    फिल्म तर्फ अभिनेता, अभिनेत्री, सहायक अभिनेता, सहायक अभिनेत्री, निर्देशक र फिल्म गरी ६ वटा विधा अवार्डमा समाबेश छ । यस्तै संगीत तर्फ पप, आधुनिक र लोक गीतका गायक र गायिका गरी ६ वटा विधा समाबेश छ ।

    अवार्ड समारोहमा लाईफ टाईम एचिभमेन्ट अवार्ड, बर्ष कलाकारिता सम्मान र चलचित्र पत्रकारीता पुरस्कार पनि बितरण गरिनेछ ।

    यसै बर्षदेखि अवार्डमा संगीतकार, नव अभिनेता, अभिनेत्रीको अवार्ड पनि थपिएको छ । यस्तै फिल्मको संगीत तर्फ गायक र गायिका पनि थपिएको छ । विभिन्न क्षेत्रमा आफ्नो योगदान दिदै आएका ब्यक्तिहरुको सम्मानका लागि अनर अवार्ड पनि थपिएको छ । तेस्रो संस्करणदेखि अवार्डमा २० विधा रहने आयोजक संस्था सूर्य कर्पोरेशनले जनाएको छ ।
    अब अवार्डको नोमिनेशनमा को–को जान पाउनेछन् र अवार्डमा सहभागी कलाकार कति अमेरिकामा जान सम्भव हुनेछ । यो आगमी दिनमा थाहा नै हुनेछ । विदेशमा अवार्ड गरिँदा अवार्डको गरिमा पनि कति हुन्छ र चलचित्र तथा संगीत उद्योगको प्रबद्र्धन कति गर्न सकिन्छ भन्ने मुख्य कुरा रहनेछ । साथै इन्टरनेशनल अवार्ड भनिरहँदा कार्यक्रममा कति देशका सहभागी हुन सक्नेछन् वा कति देशका कलाकारले अवार्ड चुम्न सक्नेछन् भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु