• सुशान्त केसीको लोभलाग्दो ‘स्टारडम’, लिरिकल भिडियो पनि ट्रेण्डिङमा

    म्यूजिक खबर
    प्रकाशित: २० माघ २०७९, शुक्रबार

    काठमाडौं । युट्युबमा गीतसंगीतले पाएको भ्यूज र ट्रेण्डिङले कुन गायक, गायिका, कलाकार तथा सिर्जनाले कस्तो प्रभाव पार्न सकेका रहेछन् भनेर थाहा हुन्छ । यस्तै दर्शक श्रोतामा गहिरो प्रभाव छाड्न सफल गायक हुन् सुशान्त केसी ।
    उनले सार्वजनिक गर्ने हरेक सिर्जनालाई श्रोताले रुचाइदिएका छन् ।

    यहि क्रममा उनले पछिल्लो समयमा ‘गाजलु’ बोलको गीत सार्वजनिक गरेका छन् ।

    गीत अपलोड भएका २० घण्टा मात्र हुँदा यो समाचार तयार पार्दाको सयममा १ लाख ५० हजार बढीले गीतलाई हेरिसकेका छन् ।
    गीत म्यूजिक तर्फबाट ट्रेण्डिङको नवौंं स्थानमा पर्न सफल भएको छ । साथै क्रमशः ट्रेण्डिङको सिंढीमा उक्लँदो क्रममा पनि छ । गीतको पुरा अडियो सार्वजनिक गरिएता पनि गीतलाई लिरिकल भिडियो बनाइएको छ ।
    यो गीतको भिवर्स र कमेन्ट र ट्रेण्डिङबाट पनि सुशान्तको स्टारडम कति छ बुझ्न सकिन्छ ।

    गीतमा स्वर, संगीत र शब्द समेत गायक केसीको नै रहेको छ ।
    सुशान्तको फरक शैलीे गायकीलाई सधैं दर्शक श्रोताले रुचाउँदै आएका छन् ।यस गीतमा पनि कमेन्टहरु प्रसस्तै छन् । अधिकांश कमेन्टमा सुशान्तको गायन शैलीको खुलेर प्रशंसा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु