• ‘यो केटीले मुस्काएर देशैखाने भई’ हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०७५, मंगलवार

    काठमाडौं । छोटो समयमा नै आफ्नो पहिचान बनाउन सकेकी गायिका शुसिला पाठकले नयाँ गीत ‘यो केटीले मुस्काएर देशैखाने भई’ सार्वजनिक गरेकी छिन् । हिजो सोमबार गायिका पाठकको जन्मदिनको उपलक्ष्य पारेर राजधानीमा एक समारोह विच गीत विमोचन गरिएको हो ।

    गीतलाई शुशिलाका गुरु सङ्गीतकार शिलाबहादुर मोक्तान, राजु सिंह, गीतकार एवं सञ्चारकर्मी शान्तिप्रिय लगायतले सार्वजनिक गरेका थिए ।

    संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका शुशिलाले केक पनि काटेकी थिइन् ।

    आफुलाई छोटो समयमा नै स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफु सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको उनले बताइन् ।

    गीतका शब्दहरु पछिल्लो समयमा गीति लेखनमा जमेका बरिष्ठ पत्रकार शान्तिप्रियले लेखेका हुन् भने दीपक शर्माको सङ्गीत रहेको छ । गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

    सचिन थापाले निर्देशन गरेको गीतको भिडियोमा गायिका सुशिलालाई अभिनयमा बिशाल थापा र समिक्षा पोखरेलले साथ दिएका छन् । सचिनकै छायांकन रहेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोमा तन्नेरीहरु रमाउदै आफ्नो काममा लागिपरेको कुरा देखाईएको छ ।

    एक दर्जनभन्दा बढि फुटकर गीत गाईसकेकी शुशिला यतिबेला दोस्रो एल्बमको तयारीमा छिन् ।

    हेर्नुहोस् भिडियो

    आशालाग्दो प्रतिभा, नायिकालाई नै टक्कर दिने गायिका शुशिला

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु