युट्युवमा सुष्माको स्वरको प्रशंसा

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७८, बुधबार

काठमाडौं । नेपाली चलचित्रकी हट नायिकाको सूचीमा दरिएकी सुष्मा कार्की अब गायिका पनि भएकी छन् । मेरो एउटा साथी छ र केही म्युजिक भिडियोबाट रजतपटमा देखिएकी हट सुष्माले विभिन्न अन्तर्वाताहरुमा आफूलाई गायनमा समेत सौख रहेको बताउँदै आएकी थिइन् ।

सिनेमामा सयौँ गीतमा लिपसिङ गरेकी उनै सुष्माले बेलाबखत कभर सङ पनि गरिरहेकी हुन्छिन् । सुष्माले यतिबेला पनि गायिका सिने गुरुङको ‘मन’ गीतको कभर सङ गरेकी हुन् । उनले गीत गाउँदै गरेको भिडियो समेत बनाइएको छ । जसको भिडियो निमा शेर्पा र राजीव थापाले उतारेका हुन् । सुष्माको गायनलाई युट्युवमा सरकारात्मक प्रतिक्रिया मिलेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु