किन बेचिन् अभिनेत्री सुष्मा कार्कीले आफ्नो आधिकारिक फेसबुक पेज ?

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

काठमाडौं । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट बाहिरिएकी छन् । उनले आफ्नो ९ लाख भन्दा बढी लाइक भएको र भेरिफाइड समेत भैसकेको पेज विक्री गरेर सञ्जालबाट बाहिरिएकी हुन् ।

सुष्माले बेचेको भेरिफाइड पेजबाट एक अनलाइनको समाचार शेयर भइरहेको छ । उनले आफ्नो आधिकारिक पेज बिक्री गरेपछि सुष्मा सामाजिक संजालबाट टाढा भएको पक्कापक्की भएको हो । उनले केहि महिनादेखि आफ्नो आधिकारिक पेज चलााउन छोडेकी थिइन् । आफु प्रति नकारात्मक प्रतिक्रिया आउन थालेपछि सुष्मा सामाजिक संजालबाट बाहिरिएको बुझिएको छ ।

अभिनेत्री पूजा शर्माको विषयमा दिएका बयानहरुबाट उनले सर्वाधिक गाली खाएकी थिइन् । पूजाका फ्यानहरुले गाली गरेपछि उनी विस्तारै सामाजिक सञ्जालबाट टाढिएकी थिइन् । फिल्म लुटको ‘उध्रेको चोली ’मा आइटम डान्स गरेर चर्चा कमाएकी सुष्मा बलिउड अभिनेता सलमानसँगको नजिक भएको खबरले झनै चर्चामा ल्याएको थियो । त्यसपछि केहि फिल्ममा अभिनय गरेकी उनको चर्चा पहिरन र अभिव्यक्तीका कारण चर्चामा रहदै आएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु