• स्वप्न सुमनको वर्षौं डायरीमा थन्किएको गीत ‘आज फेरि’

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

    काठमाडौं । युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनको पछिल्लो नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नो युट्युबमार्फत ‘आज फेरि’ बोलको गीत बजारमा ल्याएका हुन् ।
    स्वप्नका अनुसार यो गीत उनको व्यक्तिगत अनुभवको परिणाम हो । धेरै पहिले ब्रेकअपबाट गुज्रिरहेको साथीको लागि लेखेका तर डायरीमा थन्किएको गीतलाई अहिले पुरा गरेर सार्वजनिक गरेका हुन् ।

    गायक सुमन भन्छन् –‘मैले ब्रेकअपबाट गुज्रिरहेको मेरो साथीको लागि केहि लाइनहरू लेखें । मैले लेखेका लाइनहरू सुनाएँ , जुन साथीलाई मन पनि मन पर्यो । तर गीत अगाडि बढाउन सकिन । मेरो डायरीमा रह्यो। तर, धेरै वर्षपछि जब मैले यो गीत मेरी श्रीमती ज्योत्सनालई सुनाएँ । उनले मलाई गीत पूरा गर्ने, रेकर्ड गर्ने र प्रकाशन गर्न आग्रह गरिन् । सुरुमा हिचकिचाएपछि मैले गीतलाई निकाल्ने निर्णय गरें।’

    ५१५० स्टुडियोमा रेकर्ड गरिएको र फिरोज बज्राचार्यको मिक्स एण्ड मास्टर्स रहेको यो गीत स्वप्न र उनको ब्याण्ड ‘द एस्टर्स’ले एरेन्ज र प्रस्तुत गरेका हुन् । स्टेलर स्टुडियोको जीवन र अन्जोन माडेन लिम्बुको निर्देशनमा बनेको उक्त गीतमा रोमाञ्चक भिडियो रहेको छ । गीतको भिडियोमा ज्योत्स्ना योगी र शैलेकको पनि अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु