मर्मश्पर्शी गीत ‘माइली’मा रमेशको शब्द, श्रीकृष्णको संगीत, स्वरुप र लक्ष्मीको स्वर

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०८२, आईतवार १८:१२

काठमाडौँ । लोकप्रिय गायक स्वरुपराज आचार्य र गायिका लक्ष्मी मल्लको सुमधुर स्वरमा ‘माइली’ बोलको गीत सार्वजनिक भएको छ । वर्तमान समाजको यथार्थ चित्रण गरिएको गीतलाई रमेश कोइरालाले लेखेका हुन् भने श्रीकृष्ण बम मल्लले संगीत भरेका हुन् । महराज थापाको संगीत संयोजन रहेको गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोको कथा र निर्देशन शंकर विसीले गरेका छन् । भिडियोमा नायक आर्यन सिग्देल, अञ्जली अधिकारी र आरोना मल्लले अभिनय गरेका छन् । गीतमा मनस्थिति देशमै बस्ने माइली सँग रमाउने तर परिस्थिति परदेश भासिन बाध्य श्रीमान र स्वदेशमा रहेकी श्रीमती बनाउने कथालाई प्रस्तुत गरिएको छ ।

पशुपति म्यूजिकका सञ्चालक शिवराज पौडेलले गीतलाई प्रस्तुत गरेका हुन्। पशुपति म्यूजिक मार्फत नेपाली लोक तथा आधुनिक गीत संगीतको विस्तार र व्यवसायिकतामा चर्चा गर्न योग्य भूमिका निर्वाह गरेका शिवराज पौडेल राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका आजीवन सदस्य समेत हुन् ।

वर्तमान समाजको यथार्थलाई चित्रण गरिएको यस गीतलाई पशुपति म्युजिकको अफिसियल युट्युव च्यानल मार्फत हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु