तारा राना मगर र राधिका ढकालको ‘रामेछाप सिन्धुली’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लागी नयाँ गायक हुन् तारा राना मगर । सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं. १ खलंगा पोखरी निवासी गायक मगरले गायिका राधिका ढकालसँग मिलेर मोडल आरुषी मगर र सञ्जिव ठकुरीलाई सिन्धुली पुर्याएका छन् । उनले साँच्चीकै उनीहरुलाई सिन्धुली पुर्याएको नभई उनको गीतको बोल नै ‘रामेछाप सिन्धुली’ रहेको छ ।

लोक दोहोरी शैलीको ‘रामछाप सिन्धुली’ बोलको गीतमा स्वर रहेको छ । उक्त गीतमा भिमसेन खतिवडाको शब्द तथा संगीत रहेको छ भने विष्णु तामाङको संगीत संयोजन रहेको छ । ‘रामछाप सिन्धुली’ बोलको गीतको भिडियोमा आरुषी मगर, सञ्जिव ठकुरी र रवि मगरको रोमाञ्चक अभिनय र नृत्य गरेका छन् । रामेश्वर जिरेलको छायाँकन, जिसन ठटाल र रोजीना महर्जनको कोरियोग्राफी, सुमन तामाङको कलर र तेन्जी लामाको निर्देशन तथा सम्पादन रहेको छ । गीतको भिडियो यङगल नेपालको युट्यूब च्यानबाट मार्फत बजारमा सार्वजनिक गरिएको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु