रहेनन् तारक मेहताका उल्टा चश्माका कलाकार हंसराज !

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७५, मंगलवार

एजेन्सी । भारतीय चर्चित टेलिभिजन शो तारक मेहताका उल्टा चस्मा टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ । उक्त शोमा डाक्टर हंसराज हात्तीको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो ।

यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । भारतीय मिडियाको अनुसार अत्याधिक मोटोपनको कारण उनको मृत्यु भएको हुन सक्ने बताएको छ । उनले यसअघि सन् २०१०मा आफ्नो ८० किलो तौल सर्जरीबाट घटाएका थिए । उक्त सर्जरीपश्चात् उनको दैनिकी सहज भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु