भोला पौडेललाई अर्को सफलता, चुमे ध्वनी मिश्रणको तर्फबाट अवार्ड

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७७, बिहीबार

काठमाडौं । लामो समय नेपाली सांगीतिक क्षेत्रमा गीत–संगीतको रेकर्डिङ र मिक्सिङको क्षेत्रमा निरन्तर योगदान पू¥याएको नाम हो भोला पौडेल । भोलाले पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक–गायिकाहरुको स्वरलाई रेकर्ड गराएका छन्, मिक्सिङ गराएका छन् । यहि कदर स्वरुप उनलाई २०७७ का सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड प्रदान गरिएको छ ।

बिगत ७ बर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछवी तीज म्युजिक अवार्ड’ को सातौं संस्करणमा भोलाले अवार्ड चुम्न सफल भएका हुन् ।

लोकप्रिय गायिका माण्डवी त्रिपाठीको स्वर कृष्ण बस्नेतको शब्द र संगीत र मनोहर सुनामको एरेन्ज रहेको ‘आयो तीज’ बोलको गीतबाट भोलाले उत्कृष्ट ध्वनी मिश्रणको अवार्ड चुमेका हुन् । यस अवार्डले आफूलाई उर्जा मिलेको र सांगीतिक कर्ममा आगामी दिनमा अझ सशक्त बनाउने विश्वास मिलेको उनी बताउँछन् ।

तिज पर्व अन्तर्गतको छायाँछवि तीज गीत म्युजिक अवार्ड संगीतकर्मी र कलाकर्मीले कोरोनाकहर र संन्त्रासका बिचमै पनि आफ्ना गीतहरु रेकर्ड गराएर तथा भिडियो निर्माण गरेर यसपर्वको महत्वमाथी आ–आफ्नो तरिकाले योगदान पुर्याएकाले पनि हौसला र योगदानको कदर स्वरुप अवार्ड रोक्न नहुने महशुस गरेर सबैको स्वस्थ्य सुरक्षाको ख्याल गर्दै पहिलेनै सर्बोत्कृट घोषणा गरिएको थियो । कोरोनाका कारण रोकिएका छायाँछवि क्रियशनका कार्यक्रमहरु क्रमशः तिज म्युजिक अवार्ड र काठमाण्डौ सर्ट फिल्म फेष्टाका ट्रफि र प्रमाणपत्रहरु प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भोलाले उत्कृष्ट ध्वनी मिश्रणको अवार्ड र प्रमाणपत्र ग्रहण गरेका थिए ।

छाँयाछवि क्रियशनका अध्यक्ष समेत रहेका शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष समेत रहेका चलचित्र निर्देशक दयाराम दाहालप्रमुख अतिथिको रुपमा थिए भने गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार डव्वु क्षेत्री, प्राज्ञ ज्योती वि.क., अभिनेता श्रीदेव भट्टराई लगायतका अतिथिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
पत्रकार सुमन वैरागीले कार्यक्रलाई संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु