• चार विधामा अवार्ड चुम्दै सम्झना माइतीको उत्कृष्ट, खुमन सर्वोत्कृष्ट तिज दोहोरी गायक

    म्यूजिक खबर
    प्रकाशित: ११ भाद्र २०७१, बुधबार

    काठमाडौं, भाद्र ११ । तिज म्यूजिक अवार्ड २०७१ भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार राजधानीमा भव्य कार्यक्रमका बीच तिज म्यूजिक अवार्ड सम्पन्न भएको हो । उक्त म्यूजिक अवार्डमा सम्झना माइतीको एल्बमले चार विधामा अवार्ड चुम्दै उत्कृष्ट भएको छ । सम्झना माइतीले उत्कृष्ट तिज गीत भिडियो मोडल, एरेन्जर, भाका र एल्बम गरी चार विधामा अवार्ड चुम्न सफल भएको हो भने खुमन अधिकारी उत्कृष्ट तिज दोहोरी गायक बन्न सफल भए ।
    बजाज इन्टरटेनमेन्टद्वारा आयोजित गरिएको तिज म्यूजिक अवार्ड २०७१ मा पूर्णकला बिसी र उमा श्रेष्ठ उत्कृष्ट तिज दोहोरी गायिका बन्न सफल भए भने उत्कृष्ट सम्पादन विष्णु शर्मा, उत्कृष्ट छायाँकार राजेश घिमिरे, उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष बब्बु थापा, तिज म्यूजिक भिडियो निर्देशक शंकर बिसी बन्न सफल भए ।
    त्यसैगरी उत्कृष्ट तिज गीत शब्दमा गायत्री थापा, उत्कृष्ट तिज गीत गायिका देविका बन्दना, उत्कृष्ट तिज गीत कमलादेवी डिजिटलबाट तिजको लहर आयोबाट सुनिता दुलाल बन्न सफल भइन् । त्यस्तै पब्लि च्वाइस अवार्डबाट सरिता कार्की, तिज गीत शब्द गायत्री थापा, तिज गीत एरेन्जर झलक संगीतम्, तिज गीत भाका हरि विष्ट, उत्कृष्ट म्यूजिक भिडियो मोडल महिलबाट दिपाशा विसी, उत्कृष्ट एल्बम गंगामाला फिल्म्सबाट सम्झना माइतीको उत्कृष्ट बन्न सफल भए । विभिन्न १२ विधामा आयोजना गरिएको तिज म्यूजिक अवार्ड २०७१ मा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिएको थियो । शंकर बिसीको नृत्यबाट सुरु भएको उक्त तिज अवार्डमा दिपाशा बिसीले पनि नृत्य गरेकी थिइन् भने दुर्गा परियार, सहिमा श्रेष्ठ, सरिता कार्की, कालिका रोका, वीमा कुमारी दूरा, देविका बन्दना लगायतले तिजको गीत प्रस्तुत गरेका छन् । तिज म्यूजिक अवार्डलाई सुष्मा केसीले संचालन गरेकी थिइन् भने अवार्डमा करिश्मा मानन्धर, भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, पूजना स्त्रीलगायतका अभिनेत्रीहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रम आयोजनाको बारेमा बोल्दै अवार्डका अध्यक्ष बिएस लामिछानेले सांस्कृतिक पर्व तीजका अवसरमा गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन भन्ने धेयका साथ आयोजना गरिएको बताएका थिए । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहिँ माथी यसको विकासमा समेत प्रभावकारी भूमिका खेलिरहेको औंल्याउँदै लामिछानेले तिज म्यूजिक अवार्डले सांस्कृतिक पर्व तिजको महत्वलाई अझ महोत्सवका रुपमा परिमार्जित गर्दै मौलिकता पस्कने बताएका थिए । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउने र मौलिक संगीतको विकासमा तीज पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । त्यस्तै पछिल्लो समयमा तिजले परिवर्तन धार लिइरहेकोमा छाडा संस्कृतिलाई निरुत्साहित गर्दै राम्रा र मौलिक सिर्जनालाई प्रोत्साहन गर्ने बताउँदै लामिछानेले भोलिका दिनमा तिज गीतहरु राम्रा राम्रा प्रकाशनमा आउने बताएका थिए । त्यस्तै तिज म्यूजिक अवार्डले आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताएका थिए ।

    teej award5
    तीज म्यूजिक अवार्ड सम्पन्न गर्नका निमित्त मोहन निरौला, प्रदीप उदय, दिनेश डिसी, नारायण रायमाझी, दुर्गा रायमाझी, आर.सी. कोइराला एवं चन्द्र शर्मा सम्मिलित ७ सदस्यिय सल्लाहकार समिति बनाइएको छ भने यो अवार्डको सदस्य–सचिव सुमन बैरागी, कार्यक्रम संयोजक सन्तोष श्रेष्ठ, निर्देशक शान्तिप्रिय र अध्यक्ष भने बी.एस. लामिछाने (राजु बजाज) रहेका थिए भने छायाँछविले अवार्डको व्यवस्थापनको जिम्मा लिएको थियो ।

     

    अवार्ड प्राप्त गर्न सफल विधा र स्रष्टाहरु

    १.उत्कृष्ट तीज गीत भिडियो सम्पादन
    विष्णु शर्मा – झल्को माइतीको
    २.उत्कृष्ट तीज गीत भिडियो छाँयाकार
    राजेश घिमिरे – मलाई त कति मज्जा

     

    ३.उत्कृष्ट तीज गीत भिडियो मोडल (पुरुष)
    बब्वु थापा – वर माग्छु शिवजी

    ४.उत्कृष्ट तीज गीत भिडियो मोडल (महिला)

    दिपाशा वि.सी – अहिलेको तिजमा
    ५.उत्कृष्ट तीज गीत भिडियोे निर्देशक
    शंकर वि.सी – आमाले दिएको

    ६.उत्कृष्ट तीज गीत एरेञ्जर
    झलक संगीतम् – अहिलेको तीजमा
    ७.उत्कृष्ट तीज दोहोरी गीत गायक
    खुमन अधिकारी – आशिर्वाद माग्छु
    ८.उत्कृष्ट तीज दोहोरी गीत गायिका
    पुर्णकला वि.सी÷उमा श्रेष्ठ – बुढा आधा आधा
    ९.उत्कृष्ट तीज गीत शब्द
    गायत्री थापा – माइती देश
    १०.उत्कृष्ट तीज गीत भाका(लय)
    हरि विष्ट – अहिलेको तीजमा
    ११.उत्कृष्ट तीज गीत गायिका
    देवीका बन्दना – म त फुरुक्कै
    १२.उत्कृष्ट तीज गीत
    तिजको आयो लहर – सुनिता दुलाल÷कमलादेवी डिजिटल

    १३.उत्कृष्ट एल्बम
    सम्झना माइतीको हरि विष्ट (गंगामाला फिल्म्स्)

    १४. पब्लिक च्वाइस अवार्ड
    सरिता कार्की लाजैले मरिन्छ

    teej award3 teej award2 teej award1 teej award

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु