भाद्र २१ मा ‘छायाँछवी तीज म्युजिक अवार्ड’ हुने, यस्ता छन् १५ विधाका उत्कृष्ट ५

म्यूजिक खबर
प्रकाशित: १६ भाद्र २०७८, बुधबार
teej-music-award छायाँछवि तीज म्यूजिक अवार्ड

काठमाडौं । नेपाली नारीहरुको पर्व तीजमा आधारित गीतहरुको प्रतिस्पर्धा ‘छायाँछवि तीज म्युजिक अवार्ड–२०१९’का लागि पाँच उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ ।
छायाँछवि क्रियशनद्वारा आयोजित आवार्डको यस छैटौँ संस्करणका लागि आवेदनमा परेका मध्येबाट उत्कृष्ट पाँच गीत तथा स्रष्टा मनोनयन गरिएको हो । अवार्ड विभिन्न १५ वटा विधामा प्रदान गरिँदैछ ।
अवार्डका आयोजक संस्थाका अनुसार कोरोना कहरका कारण अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष तीजको अवसरमा प्रकाशित गरिने गीतको संख्यामा केही कमी आएको छ । तैपनि तीजका अवसरमा संलग्न हुने सर्जकलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ अवार्डको आयोजना गरिन लागिएको जनाइएको छ । अवार्ड कार्यक्रम भाद्र २१ गते स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना हुनेछ ।’

छायाँछवि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियले भने, -तीजको परम्परालाई कायम राख्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड २०७८ को आयोजना गर्न लागिएको हो । मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संवद्र्धन एवं प्रवद्र्धनसँग जोडेर यो अवार्ड आयोजनालाई निरन्तरता दिएका हौं।

यस्तो छ मनोनीत गीत तथा संगीतकर्मीको सूची :

१. उत्कृष्ट तीज गीत मिक्सीङ
१. मनोज परीयार : सानीमाया
२. पवन विश्वकर्मा : माइतीको घर
३. मनोज परियार : पातली –३
४. राजु कार्की : सिङ्गापुरे साडी
५. विपिन आचार्य : हाइ मेरो जीन्दगी

२. उत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी : गर्छु माया गर्छु
२. पवन विश्वकर्मा : माइतीको घर
३. राकेश सोनी : घिन घिन मादल
४. राजेन्द्र बजगाई : फूलै फूल्यो तिउरी
५. झलक संगीतम् : रीमझिमे झरी

३. उत्कृष्ट तीज गीत नव गायिका
१. सकुना श्रेष्ठ मलेकु : माइतीको आगन
२. शिलाश्मा हमाल : झीलीमाई
३. विन्दु विसी : घिन घिन मादल
४. सरिता सुनार : लोभी बुढा
५. सारदा धिताल : सिङ्गापुरे साडी

४। तीज गीत मोडल पुरुष
१। राजेन्द्र लोहनी : लकडाउनले
२। दीपेन्द्र तिमील्सीना : पारी वन हरियो
३। अभिषेक खड्का : कलकन्ते काइयो
४। सुमन परियार : जुल्फि पालेको
५। रमेश थापा : मामली तनहुँ

५.तीज गीत मोडल महिला
१. अञ्जु सुनार : माईतीको आगन
२. साक्षी लम्साल :आँखा गयो नयाँ चिजैमा
३. रोविशा रसाइली : गर्छु माया गर्छु
४. करिश्मा ढकाल : थोपडाले धोका दीयो
५. टीका जैशी : डालीमा पुतली भुरुभुरु

६. उत्कृष्ट तीज गीत छायांकार
१. मुकेश हुमागाई : आँखा गयो नयाँ चिजैमा
२. प्रकाश खड्का : हङकङको साडी –२
३. दुर्गा पौडेल : कुरा काटन
४. रोनिश तामाङ : यसपाली त सोह्रै
५. अजय रेग्मी : टीकटक चलाउने

७. उत्कृष्ट तीज गीत सम्पादक
१. विनोद वम ः आँखा गयो नयाँ चिजैमा
२. राजकुमार मगर ः हङ्कङ्को साडी –२
३. विष्णु शर्मा ः सानी
४. सुरेश राउत ः सालको पात
५. प्रकाश धमला ः अली अली लजाउदै

८. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. स्मृति तिमील्सीना : अलि अलि लजाउदै
२. दिपेद्र तिमील्सीना : पारी वन हरीयो
३. केशवराज भट्ट :झिलिमाई
४. राजीव बलामी : फुलै फूल्यो तिउरी
५. स्मृति तिमील्सीना : सिङ्गापुरे साडी

९. उत्कृष्ट तीज गीत भीडियो निर्देशक
१. देवेन्द्र पाण्डे : टीकटक चलाउने
२. सुरेन्द्र वसेल : यस पालीको तीजमा
३. सुमन सागर जंग केसी : जम्का भेट
४. प्रकाश धिताल : झिलीमाई
५. होम गुरुङ : मुग्लिन
१०. उत्कृष्ट तीज गीत शब्द
१. ज्योति गुरुङ : परदेशको छोरी
२. राकेश सोनी : घिन घिन मादल
३. शिताष्मा भुषाल : स्वामीकी प्यारी
४. रमेश परियार : माईती देशैँको
५. शुष्मा शाही ठकुरी : सानी

११. उत्कृष्ट तीज गीत लय
१. एच वि सुनार : माईतीको आगन
२. रमेश परियार : माईती देशैको
३. ऋतु कँडेल : अलि अलि लजाउँदै
४. राकेश सोनी : गर्छु माया गर्छु
५. भुवन प्यासी : मखमली

१२. उत्कृष्ट दोहोरी तीज गीत गायिका
१. भुमिका शाह : वाटुला
२. भावना आचर्य : टीकटक चलाउने
३. रमीला न्यौपाने :नाई भन्न पाईदैन
४. पुर्णकला बिसी : धिपी धिपी बत्ती
५. चिजा तामाङ : तारा जुन

१३. उत्कृष्ट दोहोरी तीज गीत गायक
१. भागीरथ चलाउने : थोपडाले धोका दियो
२. सम्राट चौलागाई : सम्झीने पानी छम्किने
३. खेम सेञ्चुरी : धिपी धिपी बत्ती
४. खुमन अधिकारी : अब होला केही
५. भुवन प्यासी : मखमली

१४. उत्कृष्ट तीज गीत गायिका
१. मन्जु उपासना : माईतीको आगन
२. ऋतु कडेल : अलि अलि लजाउँदै
३. दीया नेपाल : पिलासे चोली
४. सुनिता दुलाल : परदेशकी छोरी
५. रोशनी रसाईली : गर्छु माया गर्छु

१५. उत्कृष्ट मौलिक तीज गीत गायिका
१. सुनिता दुलाल : स्वामीकी प्यारी
२. कल्पना काफ्ले : कम्मरै ढलमल
३. स्मृती गौतम : माईती देश
४. कला लम्साल : पातली –३
५. उमा श्रेष्ठ : तीजैको मेला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु