काठमाडौं । छायाँछवि क्रियशनले नियमित रुपमा आयोजना गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ मा गायिका शोभा पाण्डे उत्कृष्ट तीज गायिका बन्न सफल भइन् । ११ औं छायाँछवि तीज म्यूजिक अवार्डमा गायिका पाण्डेको ‘हर दिन पूजा गर्छु’ गीतबाट उत्कृष्ट तीज गायिका बन्न सफल भएकी हुन् । त्यसैगरी गीतकार लोकराज अधिकारीको ‘गम्किदे मादलु’ र गीतकार सुमन पण्डित बैरागीको ‘आएन परदेशी’ उत्कृष्ट शब्द सिर्जना बन्न सफल भए । अवार्डमा गीतकार अधिकारीको ‘गम्किदे मादलु’ले उत्कृष्ट मौलिक शब्दको अवार्ड चुम्न सफल भयो भने गीतकार पण्डितको ‘आएन परदेशी’ उत्कृष्ट तीज गीत शब्दको अवार्ड चुम्न सफल भयो ।
अवार्डमा उत्कृट मौलिक तीज गायिकातर्फ गम्कीदे मादलु… बाट एलिना चौहानले बाजी मारेकी छिन् भने उत्कृष्ट मौलिक तीज गीतको लयतर्फ ‘काली पसमकी’ गीतबाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गरे । काली पसमकी गीतबाट स्मारिका ढकालले मौलिक तीज गीत मोडलमा बाजी मारिन् भने तीज गीत मोडल (महिला) तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल भइन् ।
छायाँछबि क्रियशनद्वारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखि स्थापित ‘छाँयाछवि दिपाशा स्मृति पुरस्कार’ प्रदान गरिएको छ । एघार हजार एक सय एघार रुपैयाँको नगद राशी, सम्मानपत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको संस्थापक अध्यक्ष अञ्जु निरौलालाई प्रदान गरियो । सोही अवसरमा गायिका सञ्जु न्यौपाने, मोडल सिम्रन दुलाल कुसुम, पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापालाई छायाँछबि तीज नारी सम्मानद्वारा सम्मानित गरिएको थियो । यस किसिमकोे सम्मान आ–आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिएबापत सम्मानित गरिएको आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताए ।
छायाँछवि तीज म्यूजिक अवार्डमा उत्कृष्ट तीज गीत एरेञ्जर विनय कार्की क्षेत्री – तिमी म नाचौं, उत्कृष्ट तीज गीत ध्वनी मिश्रण प्रकाश मिश्र – उनकै नाममा, उत्कृष्ट तीज गीत छायाँकार मुकेश हुमागाई – के लाई पीर लिन्छौ, उत्कृष्ट तीज गीत भिडियो सम्पादक वीरेन्द्र भाटविपीन – रातो टिकैमा गीतबाट उत्कृष्ट बन्न सफल भए । त्यस्तै उत्कृष्ट तीज गीत नृत्य निर्देशक सुरेन्द्र वसेल – तीजको उमङ्ग, उत्कृष्ट तीज गीत भिडियो निर्देशक श्रीजन बराल– नाँच मायाले, उत्कृष्ट तीज गीत मोडल (पुरुष) राहुल श्रेष्ठ – हवाइजहाज चढेर, जुरी अवार्ड तीज गीत मोडल (महिला) शिला गजुरेल– तीजको उमङ्ग गीतबाट अवार्ड चुम्न सफल भए ।
त्यसैगरी अवार्डमा उत्कृष्ट तीज दोहोरी गीत गायक राजेश बर्देवा – नाच छम्मछम्म, उत्कृष्ट तीज दोहोरी गीत गायिका अञ्जना सरु – तिमी म नाचौं, उत्कृष्ट तीज गीत लय शुकदेव अधिकारी – नाँच मायाले, उत्कृष्ट तीज गीत नव–गायिका संजीता खड्का– बालेनको शहर बन्न सफल भए ।
११ औ संस्करणको छायाँछवि तीज म्यूजिक अवार्डमा जुरीका रुपमा गीतकार कृष्णादेबि आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोबिन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहेका थिए । त्यस्तै कार्यक्रममा गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठले गायन प्रस्तुति दिएका थिए भने मोडल अश्मिता पुरी र निकीशा श्रेष्ठ प्रस्तुति दिएका थिए । त्यस्तै सूर्याेदय डान्स स्टूडियोको नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन् ।