म्युजिक खबर तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डमा गीत सहभागी गराउन आव्हान

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०८३, बुधबार १६:४५

काठमाडौं । नजिकिँदै गरेको हिन्दू नारीहरुको महान् पर्व तीजको अवसर पारेर ‘तीज फेस्टिबल एवं पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३’को आयोजना हुने भएको छ । आगामी भदौं २० गते आयोजना हुन गइरहेको यस तीज फेस्टिबलमा तीज पर्वलाई लक्षित गरेर बजारमा आएका व्यवसायिक प्रबद्र्धनलाई विशेष प्राथमिकतामा राखेर सांस्कृतिक महोत्सवका रुपमा प्रस्तुत गरिन लागिएको हो । विभिन्न किसिमका स्टलहरु राखेर तीज फेस्टिबललाई मनाइने र लोकप्रिय गायक गायिकाको साथमा तीज फेस्टिबलमा सांगीतिक प्रस्तुति समेत दिइने आयोजक संस्थाकी अध्यक्ष सबिता पाखरेलले बताइन् ।
त्यस्तै तीज फेस्टिबलकै अवसरमा आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा विगत ५ वर्षदेखि नियमित हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरिएको छ । शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तीज अवार्डमा विभिन्न २२ विधाका स्रष्टा र सिर्जना यस अवार्डमा सहभागी हुन पाउने म्युजिक खबर तीज अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् । चौथो म्यूजिक खबर तीज अवार्डमा विभिन्न २२ विधामा स्रष्टालाई अवार्ड प्रदान गरिने छ भने गीतसंगीत लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने दिदीबहिनीहरुलाई ‘नारीरत्न सम्मान’द्वारा सम्मानित गरिनेछ ।
यो अवार्ड आगामी भदौ २१ गते गोंगबुस्थित बीजी बैंकटको हलमा सम्पन्न गरिनेछ । अवार्ड कार्यक्रमसँगै तिज फेस्टिबल मनाउँदै चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमसमेत रहेको अध्यक्ष पोखरेलले जानकारी दिइन् । उनले भनिन् – ‘तीजका अवसरमा थुप्रै गीतहरु सार्वजनिक हुने गरेका छन् । सांस्कृतिक पर्व तीजको एउटा विशेषता गीत संगीत पनि हो । तीजकै अवसरमा तीजको मर्म बोकेर सार्वजनिक भएका गीतका स्रष्टा वा सिर्जनालाई तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्डको थालनी गरेका हौं ।’
तीज अवार्डका लागि भाद्र १३ गते सम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने प्रावधान रहेको छ । सहभागी हुनका लागि म्यूजिक खबरको कार्यालय, सामाखुसीमा फाराम उपलब्ध छ । डिजिटल माध्यमबाट सहभागी हुनका लागि एभेन्टोज डटकम मार्फत् आफ्नो सिर्जनालाई सहभागी गराउन पाइनेछ ।
गीत समावेश गर्नका लागि लिंक – https://service.aventoz.com/formBooking/68822cf4a375d1753361652

पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्डमा सहभागी हुने विधाहरु निम्न रहेका छन् ।
१.सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
२. सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक
३. सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
४. सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
५.सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत
६. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
७. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
८. सर्वोत्कृष्ट तीज दोहोरी गीत
९. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला
१०. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष
११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार
१२. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
१३. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
१४. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
१५. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
१६. सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ
१७. सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन
१८. सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द
१९. सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत
२०. सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका
२१. सर्वोत्कृष्ट मौलिक तीज गीत
२२. सर्वोत्कृष्ट डायस्पोरा गीत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु