तीज गीत ‘चेलीको चाड’मा बुहारीलाई पनि छोरीसरह व्यवहार गरिनुपर्छ भन्ने सन्देश

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०८२, शनिबार ०१:२४

ललितपुर । तीज गीत ‘चेलीको चाड, नाच्ने हो गाउने हो तिजमा बरिलै’ सार्वजनिक भएको छ । ललितपुरमा कार्यकामकाबीच गीतलाई सोमबार सार्वजनिक गरिएको हो । गीतमा सुरज अधिकारी, अधिवक्ता अनिल श्रेष्ठ (निर्जन), मधु रेग्मी, शशि पुन, शर्मिला ब्रह्मचार्य, र श्रद्धा बज्राचार्यको स्वर रहेको छ । शब्द तथा संगीत सुरज अधिकारीको रहेको उक्त गीतमा संगीत संयोजन मदन प्रत्ययले गरेका हुन् । मिक्स तथा मास्टरिग् अनिल नकर्मीले गरेको गीतलाई पोस्ट प्रोडक्सनः याला मनोरञ्जनले गरेको छ

गीतको निर्देशन, सम्पादन तथा कोरियोग्राफीको जिम्मेवारी गौतम तण्डुकारले निर्देशन गरेको भिडियोमा म्युजिक भिडियोमा राजेन्द्र केसी (राजु), पवन खतिवडा, रेश्मा तिमिल्सिना (बुनुमैचा), अधिवक्ता अनिल श्रेष्ठ (निर्जन), शशि पुन, शर्मिला ब्रह्मचार्य, श्रद्धा बज्राचार्य, श्यामसुन्दर तिमिल्सिना, मधु रेग्मी, रुपा थापा, निरञ्जन महर्जन, मीना खड्का के.सी, विजय के.सी, संगिता के.सी, कृतिन के.सी, गर्विशा थापा, अनिशा रिसाल, अनिता साउद लगायतका कलाकारहरू अभिनय देख्न सकिन्छ । लोकचन्द्र थापाले छायांकन गरेको भिडियोको सम्पादन तथा कोरियोग्राफी समेत गौतम तण्डुकारले गरेका हुन् । सहायक कोरियोग्राफी एन्जिला तामाङले गरेकी हुन् ।

नेपाल सांस्कृतिक महासंघ ललितपुरको प्रस्तुति तथा यल इन्टरटेन्टमेन्ट प्रा.लि. को निर्माणमा तयार पारिएको हो । सामाजिक सन्देशसहित तयार पारिएको यस गीतले बुहारीलाई पनि छोरीसरह सम्मान र स्वतन्त्रता दिनुपर्छ भन्ने विषयलाई प्रमुख रूपमा उठान गरेको छ। गीतले विशेषगरी विवाहपछि छोरीको रूपमा गएकी बुहारीलाई पुरानै घर फर्कँदा पनि सासू–ससुरा र श्रीमान्ले छोरीसरह व्यवहार गर्नुपर्ने सामाजिक सन्देश दिन खोजेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु