ट्रेण्डिङको उकालो यात्रामा ‘छोरी –२’

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७९, बुधबार

काठमाडौं । समय जति बदलिए पनि नेपालमा छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारले गहिरो रुपमा जरो गाडेको छ । अझै पनि महिलालाई छोरा नै जन्माउन पर्दछ भनेर उच्च दवाब दिने परिवार साथी–साथीसंगी प्रशस्तै छन् । घर भित्र त झन चरम दबाब भोग्न बाध्य छन् महिलाहरु । छोरा जन्मिंदा राम्रो स्याहार पाउने, सबै रमाउने तर त्यहि घरमा छोरी जन्मिदाँ नवजात शिशु र सुत्केरी महिलाले शारीरिक र मानसिक यातना पाइरहेका छन् ।

यतिबेला यस्तै कहानी बोकेको तीज गीत ‘छोरी–२’ सार्वजनिक भएको छ । गीतमा सन्तोष केसी, देबी घर्ती र शान्तिश्री परियारको स्वर रहेको छ । सन्तोष केसीको शब्द र संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सन्तोष केसी एसएस युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यो गीत ‘छोरी’ गीतको सिक्वेलको रुपमा सार्वजनिक गरिएको हो ।

गीत यतिबेला म्यूजिक तर्फबाट ट्रेण्डिङको १३ नम्बर स्थानमा पर्न सफल भएको छ । गीतले ट्रेण्डिङको उकालो यात्रा गरिरहेको गीतले सवालाख दर्शक कमाइसकेको छ । गीतलाई मर्मश्पर्शी गीत भनेर सकारात्मक कमेन्ट आएका छन् । धेरैजसो कमेन्टमा सन्तोष केसीको सिर्जनात्मक क्षमताको प्रंशसा गरिएको छ ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा लक्ष्मी गिरी, दमन रुपाखेती र अंशु महर्जनले जीवनन्त अभिनय गरेका छन् । त्यस्तै बालकलाकारहरु निकिता अधिकारी, फ्यबी पाण्डे, जिया पौडेल, दिया रेग्मी, आयुषा अधिकारी र अलिसा ढुंगाना समेतलाई भिडियोमा देख्न सकिन्छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई बिष्णु् शर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु