• मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७९, शनिबार

    काठमाडौं । नेपालीहरुको मौलिक पर्व तीजको अवसर पारेर गीतकार शान्तिप्रियले ‘छुनुमुनु गर्दै’ गीत सार्वजनीक गरेका छन् । तीजका अवसरमा विकृति स्वरुप धेरै अघिबाट तीज गीतहरु सार्वजनिक गर्ने गरिए पनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको गीतकार शान्तिप्रियले बताए । सीसी नेपाल च्यानल बाट गीत सार्वजनिक भएको हो ।

    छुनुमुनु गर्दै…तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतको संगीत तथा संगीत संयोजन राकेश सोनीले गरेका छन् । गीतमा बिन्दु बिसीको स्वर रहेको छ । गीतलाई प्रिज्म रेकर्डिङ गरिएको हो भने गीतको मिक्सिङ श्यामश्वेत रसाईलीले गरेका छन् ।
    गीतको म्यूजिक भिडियोलाई हेरुका लामाले निर्देशन गरेका हुन् । गीतमा अप्सरा पुरी, बर्षा तामाङ एवं झरना परियार फिचरिङ छन् । स्टिलफोटोग्राफी राममणी ढकालले गरेका छन् भने छायाँकन, सम्पादन एवं रङ्ग संयोजन बज्र ङ्यासुरले गरेका छन् । एञ्जेल तामाङको नृत्य समूहले गीतमा नृत्य गरेका छन् गीतको निर्दिष्ट शान्तिप्रियले गरेका हुन् । मौलिकपन त्यही अनुसारको शब्द र तीजको मर्मलाई आत्मसात गर्दै गीत निर्माण गरेको गीतकार शान्तिप्रियले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु