• लोकराजको शब्द, सरोजको संगीत र एलिनाको स्वरमा तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ६ श्रावण २०८१, आईतवार

    काठमाडौँ । पछिल्लो समय तीजलाई लक्षित गरेर तीज गीतहरु सार्वजनिक भइरहेका छन् । यहि क्रममा लोकप्रिय गायिका एलिना चौहानको स्वर रहेको तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक भएको छ। गीतका शब्द गीतकार लोकराज अधिकारीले लेखेका हुन् भने गीतको संगीत सरोज कोइरालाले गरेका हुन् । संगीत संयोजन पुष्कर खत्रीले गरेको गीतको मिक्सीङ कृष्ण पुनले गरेका हुन्।

    गीतको आवाज रेकर्डिङ अस्ट्रेलियामा रहेको नेपमेलो स्टुडियोमा गरिएको हो भने बाँकी का नेपालमा रहेको म्युजिक बैंकमा गरिएको हो। रेर्कडिष्ट समीर आचार्य र विजय मगर हुन्। गीतको भिडियो छाँयाङकन अमेरिकामा गरिएको हो।

    राजीव आचार्य र मनोज धितालले खिचेको भिडियोलाई राजु बस्नेतले सम्पादन गरेका छन्। भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका छन् भने भिडियो रिपोटर्स क्लब अमेरिकाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

    भिडियोमा कामना खरेल,सृष्टि शर्मा उप्रेती, लक्ष्मी ढुङ्गाना, सन्जु घिमिरे सङ्ग्रौला, रिना कार्की, र भूमिका ओझा लगायतका अमेरिकामा रहेका नेपाली चेलीहरूको अभिनय छ । गीतको कोरियोग्राफी आशा ओझाले गरेकी हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु