• तारिफ कमाउँदै ट्रेण्डिङको उकालो यात्रामा मर्मश्पर्शी तीज गीत ‘काली पसम कि’

    म्यूजिक खबर
    प्रकाशित: ६ श्रावण २०८१, आईतवार

    काठमाडौं । साउन महिना लागेसँगै तीज गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । सार्वजनिक तीज गीतका नाममा उत्ताउला र विकृतिजन्य गीतहरु आइरहेको गुनासो पनि बढीरहेको छ । तर यहि भीडमा नेपाली समाजले हेर्न र सुन्न चाहेको वास्तविक तीज गीत ‘काली पसम कि’ सार्वजनिक भएको छ ।
    भिडियोलाई श्रावण ४ गते (अस्ती) स्वयं गीतकार प्रेम सापकोटा सोनुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै उल्लेखनिय भ्यूज पाउँदै गीतले ट्रेण्डिङको यात्रा तिब्र गतीमा गरिरहेको छ । यो समाचार तयार पारिरहँदा गीत संगीततर्फबाट युट्युब ट्रेण्डिङको चौथो स्थानमा आइपुगेको छ । युट्युबमा गीतको सम्पूर्ण पक्षको तारिफ गरिएको छ । सामाजिक सञ्जालमा पनि धेरैले यो गीत शेयर गर्दै ‘यो वर्षको अहिले सम्मको उत्कृष्ट गीत’ लेखेका छन् । कतिपयले ‘यहि गीतले यो वर्षको तीज कब्जा गर्ने’ भन्दै गीतलाई शेयर गरेका छन् ।

    ‘प्रेम सापकोटा सोनु’ को शब्द तथा संगीत रहेको गीत वास्तवमै मर्मश्पर्शी छ । गायिका शान्तिश्री परियारको स्वरले गीतको प्राण भरेको छ । शान्तिश्रीले गीतमा आफ्नो कोकीलकण्ठी आवाजमै अभिनय पनि दिएको आभाष हुन्छ । समेत बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन् । मालाश्री रकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट सागर बाजुराली र गोबिन्द पराजुली हुन् । गीतमा अडियोका सबै विधाहरु उत्कृष्ट लाग्छन् र, सुनिरहँदा कर्णप्रिय र मर्मश्पर्शी सुनिन्छ । गीतले तीजको मर्म बोकेको छ ।

    अडियो जस्तै गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । गीतको जेरी भण्डारीको निर्देशन तथा कोरियायोग्राफीमा तयार भएको भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरी फिचर्ड छन् । कलाकारहरुको नृत्य दमदार त छँदैछ, अभिनय पनि जीवन्त गरेका छन् । राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।

    विवाहित नारीले श्रीमानबाट भोगेको हिंसा त्यसपछि निम्त्याउने अन्य समस्याहरुलाई गीतमा उतारिएको छ । वास्तविक तीजको मर्म बोकेको यो गीत सुन्दा मुटु छुन्छ, भिडियो हेर्दा आँखा रसाउँछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु