• तीज गीत ‘सुनरी केशैमा’ (खर्ककी चेली भाग– २) सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: २१ श्रावण २०८०, आईतवार

    काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै गायिका शारदा रसाइलीले भर्खरै मात्र एउटा तीज गीत सार्बजनिक गरेकी छिन् । सार्वजनिक उक्त गीतको बोल ‘सुनरी कसैमा’ रहेको छ । गीतलाई खर्ककी चेली भागको भाग २ रुपमा ल्याइएको हो । गायिका शारदाले पोहोर साल मात्रै ‘आउ नाचौं’ नाम राखेर खर्ककी चेली भाग १सार्बजनिक गरेकी थिइन् ।

    यस गीतमा सारदासंगै नारायण दङ्गालको पनि सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतमा पनि उनैले संगीत संयोजन गरेका छन् । सरोज बिरही कार्कीले लय तथा शब्द सिर्जना गरेका हुन् ।

    गीतको म्युजिक भिडियोमा शारदा रसाइली, संचिता बोलाखे, साकार के सी, दिक्षा घिमिरे र शुस्मा मरटठाको नृत्य सहितको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु