• सचिन र गंगाको ‘सुनका चुराले’मा बिजय र सन्चिताको छमछमी

    म्यूजिक खबर
    प्रकाशित: २१ श्रावण २०८०, आईतवार

    काठमाडौं । हरितालिका तीज आउन अझै एक महिना भन्दा बढी बाँकी छ । तर तीजलाई नै लक्षित गरेर गीतहरु सार्वजनिक गर्ने क्रम बढीरहेको छ । यहि क्रममा ‘सुनका चुराले’ बोलको नयाँ तीज गीत बजारमा आएको छ ।
    गायक सचिन भट्टराई र गायिका गंगा लामिछानेले गीतलाई सार्वजनिक गरेका हुन् ।

    गीतमा सचिन भट्टराई र गंगा लामिछानेको स्वर रहेको छ । गीतको शब्द गंगा लामिछाने सिंखडाले लेखेका हुन् भने गायक सचिन स्वयंले लय सिर्जना गरेका छन् । वानडिबी एचडि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई एचबिएन किस्मतले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

    मौसम हिमालीको निर्देशन तथा नृत्य निर्देशन रहेको गीतमा श्रीमान श्रीमती बीचको मायाप्रेमलाई विषयबस्तु बनाइ भिडियो तयार पारिएको छ ।
    बिजय पुन र सन्चिता बोलाखेको अभिनय रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन घर्ति मगरले सम्पादन गरेका छन् । गीतको भिडियोलाई ‘सचिन भट्टराई अफिसियल’ युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु