तीजको लहर भन्दै दिपाश्रीसँगै नाचे गायिकाद्वय अन्जु र बिना

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०८०, बुधबार

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजार तीजका गीतले राताम्य बनेको छ । यहि भीडमा गायिका अञ्जु श्रेष्ठले पनि नयाँ तीज गीत थपेकी छिन् । हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी उनले यसपटक ‘तीजको लहर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । अन्जुलाई गायिका बिना भट्टराईले पनि साथ लिएकी छिन् । गीतका शब्द समेत बिना भट्टराईकै रहेको छ । संगीत भने मीन गुरुङले गरेका छन् । गीतमा एरेन्ज भने सुदिप सागरले गरेका छन् । गीतको मिक्सीङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला भएकी छिन् भने स्वयं अन्जु श्रेष्ठ र बिना भट्टराईले नै कम्मर मर्काएका छन् । गीतको निर्देशक तथा छायाँकन ज्ञानेन्द्र शर्माले गरेका छन् । नृत्य निर्देशक सन्तोष राजवाहकको रहेको छ । गीतको सम्पादन विवेक उप्रेतीको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु