सारङ्गीसँग थानेश्वर गौतमको संघर्ष, रुचाइयो उनको सिर्जना

म्यूजिक खबर
प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । हरेक शुक्रबार सार्वजनिक हुने गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाइलीको ‘सारङ्गी सँग’ कार्यक्रममा पछिल्लो शृङ्खलामा लोकप्रिय गायक थानेश्वर गौतमलाई प्रस्तुत गरिएको छ ।
कार्यक्रममा थानेश्वर गौतमका संघर्षसँगै उनको स्वरमा रहेको सांगीतिक सिर्जनाहरु पनि प्रस्तुत गरिएको छ । पछिल्लो समय अत्याधिक मन पराइएको कार्यक्रम ‘सारङ्गीसँग’को रुचाइएको शृंखलाको रुपमा गौतमको सिर्जनालाई लिइएको छ ।

छुट्नलाई पो रैछ क्यारे सानु
तिम्रो मेरो यति धेरै माया बसेको

यतिबेला यो गीत सबैको मुखमा झुन्डिन सफल भएको छ । सामाजिक सञ्जाल, टिकटकदेखि सबैतिर यही गीतको चर्चा छ । क्लासिकल अलापबाट उठान गरेर गजल शैलीमा तयार यो गीत जतिले सुनेका छन्, ती सबैले ‘नेपाली संगीतमै एउटा फरक प्रयोग’ भनेका छन् ।

गायक गौतम ललितकला क्याम्पसबाट संगीत विषयमा स्नातकोत्तर गर्ने पहिलो ब्याचको विद्यार्थीसमेत हुन् । उनका जीवनका संघर्ष र स्वर प्रस्तुत गरिएको कार्यक्रम सारङ्गीसँगको भिडियोः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु